वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व चतुर्थी - ४
यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछन्:-
(क) कृषि क्षेत्रको राष्ट्रिय आवश्यकता अनुसार विभिन्न प्रकारका रासायनिक मल कृषि चुन, प्राङ्गारिक मल र सुक्ष्म तत्व मलहरुको उत्पादन, प्रशोधन, खरिद एवं आयात गरी बिक्री वितरण गर्ने ।
(ख) रासायनिक मल उत्पादनको लागि आवश्यक कच्चा पदार्थ आयात गरी प्रशोधन, उत्पादन तथा मिश्रण (Blending) गरी बिक्री वितरण तथा निर्यात गर्ने ।
(ग) नेपाल सरकार, दातृराष्ट्र एवं राष्ट्रिय अन्तरार्ष्ट्रिय संघ/संस्थाबाट उपलब्ध हुने सहायता एवं अन्य श्रोतबाट प्राप्त रासायनिक मल एवं उन्नत बीउको सञ्चित मौज्दात (Buffer Stock) को व्यवस्था एवं परिचालन गरी रासायनिक मल तथा उन्नत बीउको सर्वसुलभ आपूर्ति र बिक्री वितरणमा सुनिश्चितता ल्याउने ।
(घ) कम्पनीलार्इ आय आर्जन हुने कृषिसँग प्रत्यक्ष सरोकार राख्ने अन्य कार्यहरु सञ्चालन गर्ने/ गराउने ।
(ङ) विभिन्न बालीका बीउ विजनको उत्पादन, खरिद प्रशोधन, सञ्चय र आयात निर्यात तथा बिक्री वितरण गर्ने ।
(च) कम्पनीलाई क्रियाशिल बनाउन औद्योगिक, व्यापारिक एवं सेवामूलक कारोवार सञ्चालन गर्ने ।
(छ) निजी क्षेत्रका बीउ उत्पादक कम्पनीहरुलाई कम्पनीको आफ्नो ब्राण्डको नाममा उन्नत बीउ उत्पादन तथा बिक्री गर्न श्रोत बीउको रुपमा थोक बिक्री गर्ने ।
(ज) कृषि क्षेत्रको लागि आवश्यक पर्ने कीटनाशक तथा रोगनाशक कृषि रासायनिक (बिषादी) र कृषि औजारहरुको कारोवार गर्ने ।
(झ) कृषि उत्पादनको लागि आवश्यक पर्ने मूल बीउ लगायत खाद्यान्न, तरकारी तथा अन्य बालीका उन्नत बीउको उत्पादन, खरिद, प्रशोधन, सञ्चय, बिक्री वितरण गर्ने एवं आवश्यकता अनुसार तालिम एवं परामर्श सेवा सम्वन्धी कार्यहरु गर्ने ।
(ञ) नेपाल कृषि अनुसन्धान परिषद्को समन्वयमा समय सापेक्ष प्रजनन् बीउ, वर्णशंकर बीउ लगायत अन्य बीउ उत्पादन गर्ने ।
(ट) कम्पनीलार्इ आय आर्जन हुने क्षेत्रमा कम्पनीको श्रोत परिचालन गर्ने गराउने ।